काठमाडौं । ‘पराक्रम बालप्रतिभा पुरस्कार, २०७५’ बालकवि दर्शन केसीलाई प्रदान गरिएको छ। पुरस्कारको स्थापना साहित्यकार महेश पौड्यालले आफ्ना दिवंगत छोरा पराक्रम पौड्यालको स्मृतिमा स्थापना गरेका हुन्।


ADVERTISEMENT


पराक्रमको जन्मदिनको अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त पुरस्कार वरिष्ठ कवि गोपाल पराजुलीले कवि केसीलाई प्रदान गरेका हुन्। पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ। पुरस्कार प्राप्त गरेका कवि केसी जन्मेदेखि नै आंशिक मस्तिष्क पक्षघात भएका कारण बोल्न र हिँड्डुल गर्न सक्दैनन्। उनले नाकले कम्प्युटरमा टाइप गरेर नेपाली र अंग्रेजी भाषामा कविता लेख्छन्।


ADVERTISEMENT

# # #


कविको केसीको अवस्था देखेर उनकी आमाले आमाले २०६३ मा आत्महत्या गरेकी थिइन्। कवि केसीलाई उनका बुबाले स्याहार गरिरहेका छन्। पुरस्कारले दर्शनलाई ठूलो प्रोत्साहन भएको उनका बुबा निरज केसीले बताए। दर्शनले थुप्रै कविता र आफ्नो संघर्ष कथा कम्प्युटरमा लेखेर राखेको र प्रकाशन सहयोगको प्रतीक्षामा रहेको पनि उनले जानकारी गराए।

कवि पराजुलीले पराक्रम बालप्रतिभा पुरस्कार उचित पात्रलाई दिइएको भन्दै दर्शनको उत्तरोत्तर प्रगतिको कामना गरे। पुरस्कार कोषकी संरक्षक रमा अधिकारीले आफूले दर्शनलाई यसपछि पनि सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन्।