काठमाडौं । रुसको मध्य क्षेत्रमा रहेको मग्नितागोस्र्कको एक भवनामा भीषण बिस्फोट हुँदा कम्तिमा चारजनाको ज्यान गएको छ । बिस्फोटका कारण भवनका ४८ वटा फ्ल्याटहरु ध्वस्त भएको छ ।


ADVERTISEMENT


उरल प्रान्तको शहर मग्नितागोस्र्कमा भवनमा भएको बिस्फोटमा परि झण्डै ४० जना हराइरहेका छन्। उनीहरुको खोजी तथा उद्धारको काम भइरहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्स र बिबिसीले जनाएका छन् । भवनमा १२० जनाको बसोबास थियो ।


ADVERTISEMENT

# # #


अहिलेसम्म कम्तिमा १६ जनालाई सकुशल उद्धार गरिएको सरकारी अधिकारले जानकारी दिएका छन् । उद्धारकर्मीले भग्नावशेषमा पुरिएकाहरुलाई जीवितै उद्धार गर्न सकिने आशमा उद्धारकार्यलाई जारी राखेका छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिन घटनास्थल पुगेर निरिक्षण गरेका छन् । भवनमा सोमबार बिस्फोट भएको हो । नयाँ वर्षको तयारीमा विश्वभर उत्सव मनाइरहेका बेला र मग्नितागोस्र्कमा विपद आएको हो । राष्ट्रपति पुटिनले प्रभावितलाई सबै प्रकारको सहयोग गर्ने बताएका छन् ।

भवनको पहिलो तलामा बिस्फोट भएको हो । ग्यास लिक भएर बिस्फोट भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।