काठमाडौँ– प्रभू बैँक लिमिटेडले अनलाईन ट्रेडिङ्ग बचत खाता सञ्चालनमा ल्याएको छ । प्रभु बैंकमा खाता हुने लगानीकर्ताहरुले स्वचालित प्रणालीबाट अनलाईन शेयर कारोबार गरी शेयर खरिद विक्री बापतको रकम रकमान्तर तथा राफसाफ गर्दा शेयर दलाल तथा बैंकसम्म पुग्नु नपर्ने गरी बैंकले खाता सञ्चालनमा ल्याएको हो।


ADVERTISEMENT


नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड (नेप्से)ले मंगलबारदेखि सञ्चालनमा ल्याएको स्वचालित अनलाईन कारोबारको राफसाफको लागि प्रभु बैंकलाई नयाँ अनलाईन कारोबार प्रणालीमा समावेश गरी स्वचालित अनलाईन कारोबारको राफसाफ बैंकको रुपमा तोकेको छ ।


ADVERTISEMENT

# # #


सञ्चालनमा आएको उक्त खाताबाट लगानीकर्ताहरुले घरमै बसीबसी सजिलै स्वचालित अनलाईन शेयर कारोबार गर्न तथा शेयर खरिद विक्री बापतको रकम राफसाफ गर्न सक्ने बैँकले जनाएको छ । उक्त खाताबाट कारोबार गर्ने लगानी कर्ताले निःशुल्क इ–बैँकिङ सुविधा पाउने छन् ।