काठमाडौं – संसद्को शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले डा. गोविन्द केसीलाई अनसन नबस्न आग्रह गरेकी छन् । संसदीय समितिबाट चिकित्सा शिक्षा विधेयक पास गराउन अन्तिम प्रयास भईरहेको भन्दै घर्तीले डा. केसी आत्तिएर अनसन बस्नु नपर्ने बताएकी हुन् ।


ADVERTISEMENT


उपसमितिमा यसअघिका छलफलमा भन्दा सहमतिनजिक आइरहेको उनले बताइन् । उपत्यका बाहिरका मेडिकल कलेजको सम्बन्धन, सिटिइभिटी र छात्रवृत्तिका चिकित्सकको करार अवधिको विषय टुँगो लगाएर विधेयक पास गर्ने उनको भनाई छ ।


ADVERTISEMENT

# # #


समितिको बैठकलगत्तै सञ्चारकर्मीसँग बुधबार कुरा गर्दै सभापति घर्तीले विधेयकलाई ब्यबहारिक बनाउँदै डा. केसीको सम्झौताको मर्ममा असर नपुग्ने गरी नै संसदमा बिधेयक पठाउने जानकारी दिइन् ।

संसदीय विधि र प्रक्रिया अनुसार नै बिधेयक अघि बढिरहेकाले छलफलका लागि उपसमितिले केही समय माग गरेकाले उपसमितिले प्रतिवेदन दिएपछि विहीबारको संसद्मा लैजाने आफ्नो योजना रहेको उनको भनाई छ ।
यता डा. केसी भने १६ औँ अनसनका लागि इलाम पुगेका छन् ।