गौशाला– महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ बजराहीमा वन माहुरीले टोक्दा एक महिलासहित चारजना गम्भीर बिरामी भएका छन् ।


ADVERTISEMENT


वन माहुरीले टोक्दा बजराहीका ४५ वर्षीया शलतियादेवी साह, ४० वर्षीय मोहन साह, १४ वर्षीय अहमद अन्सारी र १३ वर्षीय सागिर राइन गिम्भीर बिरामी भएको स्थानीयवासी महेन्द्र साहले बताएका छन् ।


ADVERTISEMENT

# # #


चारै जनाको उपचार जिल्ला अस्पताल जनकपुरमा भइरहेको छ । शलतियादेवीको अवस्था गम्भीर रहेको उनका पति मुसाफिर साहले बताए । बिहीबार साँझ घाँसपात लिन घरबाट ५०० मिटर दुरीमा रहेको बगैंँचामा गएको बेला अचानक वन माहुरीको गोलाले आक्रमण गरी चारै जनालाई जीउभरि टोकेर गम्भीर बनाएको थियो ।

प्रतिकृया

प्रतिकृया