काठमाडौँ– एनआईसी एशिया बैंक लिमिटेडले कार्यालय यु.के.एड सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमकोे सहकार्यमा दाङमा नयाँ शाखाको सुरुवात गरेको छ । बैकले दाङको राजपुर गाँउपालिका वडा नं.५ जँग्रहवा स्थित जँग्रहवा शाखा सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT


उक्त शाखाको राजपुर गाउँपालिकाका अध्यक्ष् लोकराज के सीले शुक्रबार उद्घाटन गरेका हुन् । बैंकले मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।


ADVERTISEMENT

# # #