गौर– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई आधुनिक प्रविधिको अभावमा अपराध अनुसन्धान गर्न समस्या भएको बताउनुभएको छ ।


ADVERTISEMENT


रौतहट सदरमुकाम गौरमा आज सीसी क्यामरा जडानको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले आधुनिक प्रविधिको अभावमा आपराधिक गतिविधिको अनुसन्धान र नियन्त्रण गर्न कठिनाइ भएको बताए । “प्रहरीलाई प्रविधियुक्त बनाइनुपर्छ,” उनले भने, “केही आचरण बिग्रेका प्रहरीका कारण सिङ्गो सङ्गठन नै बदनाम भइरहेको छ, आचरण नसुधार्नेलाई कारवाही गरिन्छ ।”


ADVERTISEMENT

# # #


गौर नगरपालिकाले विभिन्न १० स्थानमा रु ३० लाखको लागतमा सीसी क्यामरा जडान गरेको छ । प्रहरी उपरीक्षक केदार ढकालले सीसी क्यामरा जडानले बढीजसो रातको समयमा हुने आपराधिक गतिविधि न्यून गर्न सहज हुने बताए ।