बैतडी– बैतडीको पञ्चेश्वर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका अध्यक्षका उम्मेदवार गोरखबहादुर चन्दले २ हजार ६०८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिनेशबहादुर चन्दले १७२८ मत प्राप्त गरेका छन ।


ADVERTISEMENT


यस्तै उपाध्यक्षमा पनि एमालेकै विना भट्ट २४२४ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी विन्दु चन्दले १८७४ मत प्राप्त गरेकी छिन् । ६ वडा रहेको पञ्चेश्वरमा ३ वडामा कांग्रेस र १ वडामा राप्रपा विजयी भएको छ । नेकपा एमालेले २ वडामा विजयी भएको छ ।


ADVERTISEMENT

# # #