चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएकोे छ ।


ADVERTISEMENT


नौ बजेर ४० मिनेट जाँदा गएको पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रु रोकिएका छन् । पहिरो पन्छाउने कार्य दुवैतर्फबाट भइरहेको र करिब तीन घन्टा लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताए ।


ADVERTISEMENT

# # #