काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले रेल र पानीजहाजको विषयमा धैर्य हुन अनरोध गरेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रेल र पानी जहाजको आफ्नो सपनालाई अफवाहको तुवालोमा पुर्ने प्रयास भइरहेको बताएका छन् ।


ADVERTISEMENT


‘केही मानिसले कागजको पानीजहाज र खेलौना रेल बनाएर मजाक उडाए, रेलको टिकट कहिले खुल्छ पानीजहाज कहिले चढ्न पाइन्छ भनेर पनि सोधे’ सम्बोधनमा ओलीले भने, ‘धैर्य गरौं, रेल आउँछ, पानी जहाज पनि चल्छ । टिकट काट्न पाइन्छ । उनका अनुसार जेल संञ्चालन र पानीजहाजको काम अगाडि बढिसकेको उनले दाबी गरे।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले सरकारले यस बर्षको कार्यभार देशको संसरचनात्कम व्यवस्थापनमा लगाएको समेत बताए। ‘नीति तथा कार्यक्रम प्रस्तुत गरेको होइन साथीहरूले खोइ सरकार भन्नुभो त्यसैले सरकारले गरेका कामको बारेमा भनिरहेको छु’ उनले भने।

कुल बैदेशिक सहायता बढ्नुका साथै उद्योगहरू, बैंकिङ क्षेत्रको कुन निक्षेप र नयाँ परियोजनाहरू पनि बढेको प्रधानमन्त्री ओलीले दाबी गरेका छन्।