काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा नाराबाजी गरेको छ ।


ADVERTISEMENT


आइतबार संसद बैठकको सुरुमा नै प्रधानमन्त्री ओलीले झण्डै एक घन्टा लामो सम्बोधन गरे । उनले सरकारको कामकारबाहीबारे जानकारी दिनुका साथै विपक्षी सांसदहरुले विभिन्न समयमा उठाएका प्रश्नको जवाफ समेत दिएका थिए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीको सम्बोधन पछि कांग्रेस सांसदले प्रश्नोत्तर गर्न पाउने पर्ने माग गरे । तर आजका कार्यक्रमा प्रश्नोत्तरको कार्यसूचि नभएको भन्दै सभामसख कृष्ण बहादुर महराले समय दिन नसकिने बचाए । तर कांग्रेस सांसदले उठेर विरोध गरिरहेपछि सभामुख महराले सीमित सांसदलाई मात्र समय दिन सकिने भन्दै मिनेन्द्र रिजाललाई १ मिनेटको समय निर्धारण गरे । तर रिजालले महराको प्रस्ताव मानेनन् । ‘सांसदले सोध्न खोज्दा सोध्न पाउनुपर्छ, जवाफ दिनु प्रधानमन्त्रीको जिम्मेवारी हो’ उनले भने ।

लगतै सभामुखले प्रश्न गर्ने कार्यक्रम हटाएको सूचना दिँदै अर्थ समितिका सभापति कृष्ण दाहाललाई निवृत्तिभरण कोषसम्बन्धी विधेयकको प्रतिवेदन पेश गर्न समय दिए ।

कांग्रेस सांसदहरुको नाराबाजीका बीच दाहालले प्रतिवेदन पेश गरे । नाराबाजी भएपछि सभामुख महराले  बैठक स्थगित गरे ।