बाजुरा– बाजुरा जिल्लाको सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिकामा नेपाली कांग्रेसले जीत दतर्था गराएको छ ।


ADVERTISEMENT


यहाँबाट मेयर पदमा नेपाली काग्रेसका पदमबहादुर बडुवाल विजयी भएका छन् । उनले २ हजार ९४० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गगनबहादुर रावलले २ हजार ९०२ मत प्राप्त गरे । उनले बडुवालभन्दा ३८ मतले हारेका हुन् ।


ADVERTISEMENT

# # #


यस्तै उपमेयरमा पनि नपाली कांग्रसकै कविता विष्ट विजयी भएकी छन् । उनले २ हजार ९४५ मत ल्याएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी गीताकुमारी रावलले २ हजार ८५२ मतमात्र प्राप्त गरिन् ।

बाजुराको छेडेदह गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । यस्तै गौमुल र पाण्डपगुफा गाउँपालिकामा एमाले विजयी भएको छ ।