इटहरी– सुनसरी जिल्लाको पछिल्लो मतगणनाको नजिताअनुसार १२ स्थानीय तहमध्ये धरान उपमहानरपालिका, इटहरी उपमहानगरपालिका तथा इनरुवा र बराह नगरपालिकामा नेपाली काङ्ग्रेसले अग्रता लिएको छ भने नेकपा एमालेले दोस्रो स्थान हासिल गरिरहेको छ ।


ADVERTISEMENT


सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा नेकाका प्रमुख पदका उम्मेदवार रोहितकुमार प्रसाईंले ७६९ मतसहित अग्रता हासिल गरिरहेका छन् । यसैगरी, उपप्रमुख उम्मेदवार विमला ढकालले पनि ७८९ मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #


चुनावी प्रतिस्पर्धामा नेकपा एमालेका प्रमुख पदका उम्मेदवार द्वारिकलाल चौधरीले ६३६ मत प्राप्त गरेका छन् भने उपप्रमुख लक्ष्मी गौतमले ५९८ मत ल्याएको निर्वाचन अधिकृत भरतमणि रिजालले जानकारी दिए ।

त्यसैगरी, धरान उपमहानगरपालिकामा पछिल्लो मतगणनाको नतिजाअनुसार नेकाका उम्मेदवार तिलक राईले ५०० मत प्राप्त गरेका छन् भने उपप्रमुखमा नेकाकै श्यामा रेग्मीले ४९५ मत प्राप्त गरेकी छन् । निकटतम प्रतिद्वन्द्वीका रुपमा रहेका नेकपा एमालेका तारा सुब्बाले २७२ मत तथा उपप्रमुख मञ्जु भण्डारीले ३०३ मत प्राप्त गरेको निर्वाचन अधिकृत जयप्रसाद महतले जानकारी दिएका छन् ।

इनरुवा नगरपालिकामा नेकाका राजन मेहताले ७६८ र उपप्रमुखले ७१९ मत प्राप्त गरेभने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमुखले ४३२ र उपप्रमुखले ३९४ मत प्राप्त गरेका छन् । त्यस्तै, बराह नगरपालिकामा नेकाका बाबुराम बिष्टले एक हजार ६८, उपप्रमुख पूजा धामीले पनि एक हजार ७७ मत ल्याई अग्रता लिएका छन् । बराह नगरपालिकामा नेकपा एमालेका निलम खनालले ८८८ र उपप्रमुखले ८७३ मत प्राप्त गरी पच्छ्याई रहेका छन् ।

भोक्राहा गाउँपालिकामा नेकपा एमालेका अध्यक्षले ५९८ र उपाध्यक्षले ५७८ मत ल्याई अग्रता कायम गरेका छन् भने संघीय समाजवादी फोरमा नेपालका अध्यक्ष उम्मेदबारले ४७० र उपाध्यक्षले ३८८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, देवानगन्ज गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षले ४१५, उपाध्यक्षले ४१९ तथा नेकाका अध्यक्षले ४०६ र उपाध्यक्षले ३३६ मत प्राप्त गरेका छन् भने यहाँ नेकपा एमाले अहिले तेस्रो स्थानमा रहेको छ ।