चितवन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गुटको पछि नलाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रजातन्त्रका सेनानी रघुनाथ अधिकारीको १३औँ दिनको पुण्यतिथिमा उनको निवास खैरहनीमा नेपाली काङ्ग्रेस चितवनले आयोजना गरेको शोकसभालाई सम्बोधन गदर्र्दै पौडेलले गुट भनेर कुनै पनि नेताको पछि लाग्न नहुने बताए ।


ADVERTISEMENT


महासमितिको बैठकपछि पार्टीभित्र एकताको सन्देश आएको भन्दै उनले भने, “अब म देउवा काङ्ग्रेस, पौडेल काङ्ग्रेस भनेर नलाग्नुस् म नेपाली काङ्ग्रेस भनेर लाग्नुस् ।” गुटपछि नलाग्ने हो भने आउने निर्वाचनबाट समृद्धिको नेतृत्व काङ्ग्रेसले गर्ने उनले बताए ।


ADVERTISEMENT

# # #


पार्टी एक ढिक्का बन्ने विश्वास दिलाउँदै उनले भने, “इमान्दार भएर पार्टीमा लाग्नुस् तपाईँको मुल्याङ्कन पार्टीले गर्छ ।” काङ्ग्रेस सङ्कटमा रहेको र सुधार्नु पर्ने बताउँदै उनले माथिल्लो तहमा आफूहरु मिलेको र तल्लो तहमा पनि मिल्न जरुरी रहेको बताए ।

मुलुकमा लोकतन्त्रलाई साकार पार्ने काम र जनतालाई समृद्धि दिन काङ्ग्रेसले मात्र सक्ने उनको दाबी थियो । सो अवसरमा नेता पौडेलले नेपाली काङ्ग्रेस चितवनका पूर्वउपसभापति समेत रहनुभएका अधिकारीको निधनले सिङ्गो काङ्ग्रेसमा अतुलनीय क्षती पुगेको बताए ।रासस