काठमाडौँ– असार १४ गते सम्पन्न दोस्रो चरणको निर्वाचनको १८ स्थानीय तहको अन्तिम मत परिणाम आएको छ।


ADVERTISEMENT


नतिजा आएका १८ तहमध्ये एमालेले एक नगरपालिका सहित ९ वटामा जित हासिल गरेको छ। त्यस्तै नेपाली कांग्रेसले ५ गाउँपालिका तथा दुई नगरपालिकामा विजयी भएको छ । माओवादी केन्द्रले २ स्थानमा जित हात पारेको छ।


ADVERTISEMENT

# # #


एमालेले डडेलधुराको अमरगढी नगरपालिकाको मेयर तथा उपमेयरमा सहित बझाङको मष्टा  र थलारा गाउँपालिका, बाजुराको पाण्डवगुफा , खोटाङको जन्तेढुंगा, बाजुराको गौमुल, ताप्लेजुङको मैवाखोला, भोजपुरको रामप्रसाद राई गाउँपालिका र बैतडीको पन्चेश्वर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा जित हात पारेको हो।

काँग्रेसले बाजुराको छेडदह, बझाङको काँडा, संखुवासभाका चिचिला र सिलिचोङ गाउँपालिकामा जित हात पारेको छ। यस्तै बाजुराको सदरमुकाम समेत रहेको बडिमालिका र दार्चुलाको महाकाली नगरपालिकाको मेयर तथा उप–मेयरमा कांग्रेस विजयी भएको छ ।

माओवादीले भने सोलुखम्बुका लिखु पिके र महाकुलुङ गाउँपालिकामामा जित हात पारेको छ।