काठमाडौँ– चिकित्सा शिक्षाको सुधारको माग गरेर अनसन बस्दै आएका डा. गोविन्द केसीले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन नसच्याए अनसन बस्ने चेतावनी दिएका छन् ।


ADVERTISEMENT


सोमबार विहान पत्रकार सम्मेलन गर्दै डा केसीले सम्झौता विपरित प्रतिवेदन तयार भएकोमा आपत्ति जनाए । उनले सम्झौता विपरित उपसमितिले बनाएको प्रतिवेदन अबिलम्ब सच्याउन माग गरेका छन् । यदि नसच्याएमा समयसीमाभन्दा अघि नै अनसन थाल्ने चेतावनी दिएका हुन् । डा केसीले सरकारलाई पुस २५ सम्मको समयसीमा दिएका छन् ।


ADVERTISEMENT

# # #


उपसमितिले आइतबार मात्र डा. केसीसँग भएको सहमति विपरित चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पास गरेको थियो । प्रतिवेदनमा कांग्रेस सांसद गगन थापोल फरक मत राखेका छन् । यो प्रतिवेदन आज पूर्ण पेश हुँदैछ ।

डा केसीका मागहरु

१. १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता कार्यन्वयन गरियोस् ।
क) सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर शिक्षा तथा स्वास्थ्य समितिबाट अविलम्ब चिकित्सा शिक्षा बिधेयक पारित गरियोस् ।

ख) गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रिवि पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस् । त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस् ।

ग) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघ बढाइयोस् । साथै पूर्वी पहाडका ताप्लेजुंग ,इलाम ,पाँचथर,तेह्रथुम लगायतका जिल्लाका नागरिकलाई उपचारका लागि इलाममा ,भोजपुर,ओखल्ढुंगा ,खोटांग,सप्तरी लगायतका जिल्ला समेटेर उदयपुरमा ,पश्चिमी पहाडका डडेल्धुरा ,बैतडी,बझांग लगायतका जिल्ला समेटेर डोटी रडडेल्धुरामा अबिलम्ब मेडिकल कलेज तथा अस्पताल खोलियोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना सुरु गर्ने व्यवस्था गरियोस् ।

२. निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्ति माथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस् ।

३. नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी माथि कारवाही गरियोस् ।