काठमाडौं । परराष्ट्र मन्त्रालयले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका बारेमा अझै कुनै निर्णय नभएको जानकारी दिएको छ ।


ADVERTISEMENT


हिमालय पोष्टसंग कुरा गर्दै परराष्ट्रमन्त्रीका स्वकीय सचिव खेम ज्ञावालीले राजदूत शेर्पाका बारेमा सरकारले कुनै पनि निर्णय नगरेको पुष्टि गरेका छन् ।


ADVERTISEMENT

# # #


‘अनुसन्धान प्रक्रिया जारी छ, सत्य तथ्य बाहिर आई नै हाल्छ, यस्तो बेलामा राजदूतका बारेमा कुनै पनि निर्णय गर्नु बाञ्छनीय हुँदैन’ उनले भने ‘परराष्ट्र मन्त्रालयले राजदूत शेर्पालाई वर्खास्त गर्ने बारे कुनै निर्णय गरेको छैन।’

उनका पूर्व सवारी चालक वाङछु शेर्पाले राजदूतावासमा चोरी गरि अष्ट्रेलिया पठाउने भन्दै ठगी गरेको र पछि राजदूतलाई नै मुछ्न खोजेको भन्दै परराष्ट्र मन्त्रालयले राजदूत शेर्पालाई काठमाडौं बोलाएर स्पष्टीकरण लिएको छ। वाङछु भने यतिबेला सम्म पनि फरार छन् ।

यसअघि केही मिडियामा उनलाई फिर्ता बोलाईएको भन्दै समाचार आएको थियो । यो समाचार झुठो रहेको मन्त्रालयले जनाएको छ ।

बिशेष यो रिपोर्ट हेर्नुहोस् :

दोषै दोषले आरोपित वाङ्छु ‘अनर्गल’ प्रचारमा, राजदूत बयानमा !