काठमाडौँ– प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) धिरु बस्न्यातले प्रहरी कर्मचारीहरुको व्यवहार व्यवसायिक रुपमा सुन्दर र दोषरहित हुनु पर्ने बताएका छन् ।


ADVERTISEMENT


पोखराका सुरक्षा अधिकारीहरुसंग अन्तक्रिया गर्दै एआइजी बस्न्यातले प्रहरीका हरेक कामकारवाही स्वदेशी तथा विदेशी नागरिकका दृष्टीमा सेवाभावले समर्पित र आकर्षक समेत हुन जरूरी रहेको उल्लेख गरे।


ADVERTISEMENT

# # #


उनले आन्तरिक पर्यटनको प्रमुख आकर्षणको कन्द्रको रुपमा रहेको पोखरामा शान्ति सुरक्षा पनि चुस्तदुरुस्त बनाउन पर्यटन व्यवसायी र स्थानीय समुदायलाई पनि साथमै लिएर हिड्नु पर्ने बताए । राजनीति आवरणमा समाजमा हिंसा फैलाउने ‘टोले गुण्डा र डन’हरुलाई निमिट्यान्न पार्न कठोर रुपमा प्रस्तुत हुन समेत निर्देशन दिए ।

यौन व्यापार हुने ठाउँमा भट्टी, जुवा, तास, झै–झगडा जस्ता अनेकौँ अन्य अपराधिक प्रवृत्तीहरूले प्रश्रय पाँउने भएकाले त्यस्ता क्रियाकलापलाई हन्त्य गरिनुपर्ने बताए ।