काठमाडौं । राजदूत लक्की शेर्पाले सत्य तथ्य बुझिदिन भन्दै कपोकल्पित र भ्रमित पार्ने गरी गलत हल्ला नफैलाईदिन आग्रह गरेकी छन् ।


ADVERTISEMENT


नियुक्ति प्रक्रिया देखि अस्टेलिया स्थित नेपाली दूतावासमा जिम्मेवारी पुरा गरिरहँदा सम्म ईमान र कर्तव्यलाई बँचाई राखेको भन्दै चरित्रहत्या गर्ने गरी आधारहिन टिप्पणी र समाचार प्रकाशन तथा प्रशारण नगर्न राजदूत शेर्पाको आग्रह छ ।


ADVERTISEMENT

# # #


सरकार, प्रधानमन्त्री र आँफूलाई समेत मुछेर अनर्गल प्रचार गरिएकोले दुखि बनाएको भन्दै यस्ता हल्लामा आपत्ति जनाउँदै आँफूबाट कुनै पनि किसिमको अनौतिक काम नभएको उनले स्पष्ट पारेकी छन् ।

आफ्नो सवारी चालकको दोषका कारण समस्या झेलिरहेकी राजदूत शेर्पाले राज्यको आधिकारिक निकाय राजदूतावासको सत्यतामा बिश्वास गर्न र अदालतले समेत दोषी औँल्याएको व्यक्तिको मिथ्या आरोपका पछि नलाग्न सुझाव दिएकी हुन् ।

परराष्ट्र मन्त्रालयले समेत राजदूत शेर्पाको बारेमा अनुसन्धान जारी रहेकाले अनर्गल प्रचार बाञ्छनीय नहुने प्रतिक्रिया दिईसकेको छ ।

यो समाचार हेर्नुहोस् :

‘राजदूत शेर्पाबारे सरकारले कुनै निर्णय गरेको छैन, अनुसन्धानका क्रममा भ्रमित समाचार आउनु दुखद !’