काठमाडौं । डिस मिडिया नेटवर्क लिमिटेडले विद्यार्थीको गुणस्तरीय शिक्षाका लागि सहयोग पु¥याउने उद्देश्यले ‘डिसहोम उज्ज्वल भविष्य’ योजना ल्याएको छ । मुलुकका विपन्न तथा जेहेनदार विद्यार्थीले उचित प्रोत्साहन र शैक्षिक सामग्रीको अभावमा शिक्षाबाट वञ्चित हुन नपरोस् भन्दै कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त योजना ल्याएको हो ।


ADVERTISEMENT


योजनाअन्तर्गत कम्पनीले पर्साको पोखरीयास्थित श्री जिल्ला उचांगल रामदेव माध्यमिक विद्यालयका विपन्न तथा जेहेनदार विद्यार्थीलाई शैक्षिक सामग्रीसहित झोला तथा न्यानो टोपी वितरण गरेको छ । डिसहोमका ब्राण्ड म्यानेजर मनोज न्यौपानेले ती सामग्री वितरण गरेका हुन् । डिसहोमले यसअघि नै स्वास्थ्य तथा शिक्षा क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्य गर्दै आइरहेको छ ।


ADVERTISEMENT

# # #