काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले कम्प्याक्ट सीयूबी सेग्मेन्टको टाटा टियागो एनआरजी कार सार्वजनिक गरेको छ । कम्पनीले हालै सम्पन्न एक कार्यक्रमबीच उक्त कार सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


११९९ सीसीयुक्त यस कारमा ३ सिलिन्डर पेट्रोल इञ्जिन राखिएको छ । जसले ६००० आरपीएममा ८४ पीएस अधिकतम पावर र ३५०० आरपीएममा ११४ एनएम टर्क उत्पादन गर्दछ । १४ इन्च डबल टोनको ≈वील प्रयोग गरिएको यो कारको ग्राउन्ड क्लिरेन्स १८० एमएम रहेको छ । यसमा थ्रीडी इन्फाटेन्मेन्ट सिस्टमको ५ इन्चको टच–स्क्रिन छ । यो कारमा हर्मनका इन्फोटेन्मेन्ट सिस्टमका आठ स्पीकर जडान गरिएको छ, जसले म्युजिक सिस्टम उत्कृष्ट बनाउन मद्दत गर्दछ । पछाडि २४२ लिटरको बुट स्पेस रहेको यसको अगाडि २ ओटा बोतल राख्ने ठाउँ रहेको छ । यस कारको नेपाली मूल्य २९ लाख ४५ हजार राखिएको छ ।


ADVERTISEMENT

# # #