काठमाडौँ, फागुन ११ । नेकपा एमालेको संसदीय दल र पार्टीको संयुक्त बैठकले बुधबारको संसद बैठकमा संशोधन विधेयक पेश गर्न दिने भएपनि कुनैपनि हालमा सो विधेयक पारित हुन नदिने निर्णय गरेको छ ।


ADVERTISEMENT


सरकारले चुनाव घोषणा गरेपछि विकसित पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा छलफल गर्न बसेको एमाले संसदीय दलको बैठकले सो निर्णय गरेको हो । संविधान संशोधन विधेयक पेश गर्नै नदिने अडानबाट पछि हट्दै संसदमा दर्ता भएको संविधान संशोधन विधेयक पारित हुन नदिने रणनीति तयार पारेको एमाले सांसद रेवतीरमण भण्डारीले जानकारी दिए।


ADVERTISEMENT

# # #


सांसद शेरबहादुर तामाङका अनुसार बुधबारको बैठकमा अध्यक्ष ओलीले चुनाव घोषणा गर्नु सकरात्मक कुरा भएको बताउँदै सरकारलाई चुनाव हुने सुनिश्चितता गराउन पनि आग्रह गरेका थिए ।
एमाले नेताहरूले संविधान संशोधन विधेयक पास फेल जे भए पनि मोर्चाले त्यसको नतिजा स्वीकार्न प्रतिबद्धता जनाए पेश गर्न दिने भनेर भनिसकेका छन्।

यसअघि मंगलबार बस्ने भनिएको बैठक सभामुखले एमालेकै आग्रमा सूचना टासेर स्थगित गरेकी थिइन्। यसैबीच आज ६६ वर्ष लागेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्षले सबै सांसद र केन्द्रीय सदस्यहरूलाई चकलेट बाँढेका थिए ।

साथै पार्टीले २१ फागुनदेखि सुरु गर्न लागेको मेची–महाकाली जागरण अभियानमा सबै पार्टी पंक्ति परिचालन गर्न पनि अध्यक्ष ओलीले सांसदहरूलाई निर्देशन दिएको सांसद रामेश्वर फुयालले जानकारी दिए ।

फुयालका अनुसार मंगलबार जनकपुरमा मधेसी मोर्चाले एमालेको कार्यक्रम विथोल्न खोजेको घटनाप्रति ओलीले खेद व्यक्त गरेका थिए ।
विधेयकका विषयमा ९ दलको बैठक बसेर थप निर्णयले लिने पनि एमालेको भनाइ छ ।