काठमाडौँ, फागुन ११ । प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित नौ विपक्षी दलको संयुक्त आग्रहमा संसद बैठक सूचना टाँसेर भोलि ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।
आज केही बेर अघि बसेको नौ दलको बैठकले बुधबारको संसद बैठकमा संशोधन विधेयक कार्यसूचीमा नराख्न आग्रह गरेको थियो। भोलिसम्म सहमतिका लागि प्रयास गरिने बताएपछि संसद सचिवालयले आजको बैठक सूचना टाँसेर स्थगित गरेको हो।


ADVERTISEMENT


एमाले सांसद भीम रावलले अझै केही समय गृहकार्यका लागि समय मागिएको भन्दै सरकारको धारणा स्पष्ट नआएसम्म पेश नगर्न भनेको बताए।


ADVERTISEMENT

# # #


‘संविधान संशोधन विधेयक प्रस्तुत गरिसकेपछि यदि उक्त विधेयक पास भएपछि सरकारले के गर्छ। होइन फेलनै भयो भने मोर्चाले नस्वीकार्ने निश्चित छ। यस्तो अवस्थामा सरकारले के गर्छ भनेका छौ,’ उनले भने,‘सरकारको यसबारे धारणा नआएसम्म संसदमा विधेयक कार्यसूचीमा नराख्न आग्रह गरेका छौ।’