विराटनगर– प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं.१ मा विपद् व्यवस्थापनको काम प्रभावकारी र नमुना ढंगले सञ्चालन हुने बताएका छन् ।


ADVERTISEMENT


बिहिबार विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी आयोजित कार्यक्रममा उनले विपद व्यवस्थापनमा बिगतका सरकारले ठोस ढंगले पूर्व तयारी नगरेका कारण प्रशस्त जनधनको क्षति भएको बताए ।
मुख्यमन्त्री राईले प्रदेश सरकारले विपद जोखिम न्यूनीकरणको काम कामचलाउ ढंगले नभई प्रभावकारी ढंगले संचालन गर्नु पर्ने धारणा राखे ।


ADVERTISEMENT

# # #


प्रदेश सरकारको नीति, संरचना र योजना विपद जोखिम न्यूनीकरणमैत्री छ भन्दै उनले विकास र समृद्धिको कुरा गर्दा विपद जोखिमलाई पनि न्यूनीकरण गर्ने तर्फ विशेष ध्यान दिनु पर्ने आवश्यकता औल्यए ।

मुख्मन्त्री राईले विपद जोखिमलाई लत्याएर विकास र समृद्धिको काम व्यर्थ हुने भन्दै प्रदेश नं.१ मा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन बनिसकेको र अव नियमावली एवं निर्देशिका बन्ने तयारीमा रहेको जानकारी गराए ।

उनले विपद जोखिम न्यूनीकरण अभियानलाई सफल पार्न सबै नागरिकलाई साथमा लिएर अगाडि बढ्नु पर्ने धारणा राखे । विपद अगाडि तयारी र ध्यान पु¥याउन सके कम क्षति हुने मुख्यमन्त्री राईको भनाई थियो ।