काठमाडौं– साहित्यकार डा. शिलु घिमिरे न्यौपानेको मन मन्थन कथा सङ्ग्रह र सुनकेस्री गीति काव्यको विमोचन भएको छ। सोमबार एक समारोहका बीच निबन्धकार युवराज नयाँघरे र गीतकार उन्नति बोहरा शिलाले सो कृतिको विमोचन गरेका हुन् ।


ADVERTISEMENT


विमोचन पछि कार्यक्रममा उन्नति बोहरा, युवराज नयाँघरे, वन्दना लम्साल, सबिता प्रसाई, अरुण घिमिरे तथा कृतिकार शिलुले मन्तव्य राखेका थिए ।


ADVERTISEMENT

# # #


अमेरिकाको टेक्सस वुमेन्स युनिभर्सिटीबाट अध्ययन सकी सोही महाविध्यालयमा प्राध्यापन गर्ने डा. घिमिरेका यस अघि नै अन्य ३ वटा कृति आइसकेका छन।