काठमाडौँ– प्रभु बैंक लिमिटेडले अंग्रेजी नयाँ वर्ष २०१९ को अवसर पारेर आफ्ना ग्राहकहरुको लागि ‘पीबीएल : मास्टरकार्ड’ सञ्चालनमा ल्याएको छ । बिहीबार काठमाडौँमा आयोजित एक समारोहका बीच ‘पीबीएल मास्टरकार्ड’को औपचारिक शुभारम्भ गरी सञ्चालनमा ल्याईएको हो ।


ADVERTISEMENT


उक्त कार्ड प्रभु बैंकका सञ्चालक समितिका अध्यक्ष देविप्रकाश भट्टचनको अध्यक्षतामा सुभारम्भ गरिएको हो । डिजिटल पेमेन्ट क्षेत्रमा ख्यातिप्राप्त अन्तर्राष्ट्रियस्तरको कार्ड कम्पनी मास्टरकार्ड’ र प्रभु बैंकको साझेदारीमा ‘इएमभी चिप बेस्ड पीबीएल मास्टरकार्ड’ सञ्चालनमा ल्याइएको बैँकले जनाएको छ ।


ADVERTISEMENT

# # #


समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंकले मास्टरकार्डसँगको साझेदारीमा यो कार्ड सेवा सञ्चालनमा ल्याएको तथा यस कार्डबाट प्रभु बैंकका ग्राहकहरुले सुरक्षित र सरल तरिकाबाट बैंकिङ्ग कारोबार गर्न सक्ने बताए । उक्त अवसरमा मास्टर कार्ड दक्षिण एशिया डिभिजन प्रमुख पोरुस सिंहले प्रभु बैंकसँगको साझेदारीमा नेपालमा ‘इएमभी चिप बेस्ड पीबीएल मास्टरकार्ड’ सेवा विस्तार गर्न पाएकोमा खुशी व्यक्त गरे ।

यस्तै बैंकका सञ्चालक समितिका अध्यक्ष भट्टचनले अन्तर्राष्ट्रिय सञ्जाल रहेको मास्टरकार्ड मुख्य एजेण्टको रुपमा रहेको प्रभु बैंकले भविष्यमा थप सहायक एजेण्टहरु नियुक्त गर्दै जाने योजना रहेको बताऐ । उनले यसबाट प्रभु बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै दुवै कम्पनीले व्यवसायिक सफलता हासिल गर्ने उल्लेख गरे ।