काठमाडौँ– सत्तारुढ दल नेकपाका नेता एवम् सांसद खगराज अधिकारीले वाईडबडी खरिद प्रकरणमा कोही पनि दोषी उम्किन नपाउने स्पष्ट पारेका छन्


ADVERTISEMENT


सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले कुनैपनि हालतमा दोषी उम्किन नपाउने उल्लेख गरे । उनले भने, ‘सरकारले भ्रष्टाचारबारे सुन्य सहनसिलता अपनाएको छ । यो प्रकरणमा पनि स्वतन्त्र न्यायिक छानबिन समितिले पनि काम गरिरहेको छ । दोषीले उन्मुक्ति पाउँदैनन् ।’


ADVERTISEMENT

# # #


वर्तमान सरकारले भ्रष्टाचार जरैदेखि उखल्ने अठोट लिएको सुनाउँदै उनले न्यायिक आयोगले अहिले छानबिन गरिरहेको सुनाए । कांग्रेस सभापति शेरबहादुर देउवाले आफू यो प्रकरणमा संलग्न नभएको बरु ओली र प्रचण्ड नै संलग्न छन् भनेर आरोप लगाउनुभएको छ नि भनेर सोधेको प्रश्नमा उनले भने, ‘यो देउवाको छटपटीको आक्रोश हो । आकाशतिर थुक्दा आँफ्नै अनुहारमा थुक पर्छ ।’

उनले भ्रष्टाचारी, ठग र ढाँटहरु देशका धमिरा भएकोले यिनीहरुलाई समाप्त पार्नुपर्ने जोड दिए । सरकारलेमात्रै नभएर सरकार, संसद तथा न्यायिक छानबिन समितिले पनि कार्यसम्पादन गर्दा जनतालाई गुमराहामा राखेर कसैको छाला बचाउने काम गर्न नहुने उनले धारणा राखे ।

सम्बन्धित समाचार : ‘वाइडडी खरिदमा के भयो मलाई थाहा छैन, मैले कुनै निर्णय गरेको छैन’ : देउवा

फरक प्रसँगमा उनले अनशनरत गोविन्द केसीले उठाएका सबै माग पूरा भएको पनि जिकिर गरे । उनले भने,‘केसीले उठाएका शतप्रतिशत मागहरु पूरा भएका छन् । हामीले उहाँको सबै माग सम्बोधन गरेका छौं । उहाँले भनेकै मर्म र भावनाअनुसार विद्येयक आएको छ।’

पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेता अधिकारीले केसी अहिले अनशन बस्नुपर्ने कुनै कारण नभएको पनि जिकिर गरे । उनले तत्काल अनशन स्थगित् गरेर वार्तामा आउनपनि केसीलाई आग्रह गरे । उनले भने,‘तपाईको भावनाविपरित विद्येयक छैन । शरिरलाई दुःख दिने काम नगर्नुहोस् ।’

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रामकृष्ण यादवले वाईडबडी खरिद प्रक्रियामा अनियमितता गर्ने जो कोही भएपनि दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । यादवले यो प्रकरणमा आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाको नाम कसरी मुछियो आफूलाई यसबारेमा थाहा नभएको स्पष्ट पारे ।

यद्धपी उनले यो प्रकरणमा गलत गर्ने जो कोही नेता तथा मन्त्री नै भएपनि कारबाही गर्नुपर्ने बताए । उनले सरकारको तर्फबाट संसदीय समितिको प्रतिवेदनलाई ढाकछोप गर्ने काम गर्न नहुने धारणा राखे ।