किशोर विश्वकर्मा विराटनगर– फरवार्ड कम्यूनिटि माईक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारणसभा सुनसरीको दुहवीमा सम्पन्न भएको छ । दुहरी बजारमा केन्द्रीय कार्यालय रहेको सो माईक्रोफाइनान्स वित्तिय संस्थाको दुहवी स्थित दिनेश चौधरी स्मृति प्रष्ठिानको सभाहलमा आईतबार सम्पन्न भएको हो ।


ADVERTISEMENT


साधारणसभाको भुमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले उद्घाटन गर्दै फरवार्ड कम्यूनिटि माईक्रो फाइनान्सले विपन्न परिवारका महिलाहरुलाई आर्थिक रुपले सक्षम बनाउन महत्वपूर्ण भुमिका खेलेको बताईन । उनले राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको सो माईक्रो फाईनान्सले समुदायमा ऋण प्रवाह गरि गरीबीको रेखामुनि रहेका जनताको जिवन स्तर उकास्न ठुलो योगदान रहेको बताईन ।


ADVERTISEMENT

# # #


मन्त्री अर्यालले अन्य वित्तिय संस्थाहरुको तुलनामा फरवार्ड नमुना वित्तिय संस्थाका रुपमा देशैभर परिचित बनेको उल्लेख गरिन् । उनले भनिन् ‘ फरवार्डले वास्तवमा गरीबीको चपेटामा पदै आएका महिलाहरुलाई क्रमश सक्षम बनाउदै लगेको छ । थोरै कर्जा लिएर पनि धेरै स्वरोजगार बनेका छन् । म परवार्डलाई यसका लागि विषेश धन्यवाद दिन चाहन्छु ।’ मन्त्री अर्यालले सरकारले अब सवै सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गरिने र अबको १ वर्षपछी मुलुकमा कोहीपनि सुकुम्बासी नरहने दाबी गरिन् ।

कार्यक्रममा फरवार्ड कम्युनिटी माईक्रो फाईनान्सकी अध्यक्ष तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य भगवती चौधरीले देशका ३५ जिल्लाको २ लाख ३४ हजार महिला सदस्यहरुको माझमा सक्रिय माइक्रोफाईनान्सले छाटो अवधिमा साढे अर्ब लगानी गरेर महिला समुदायको बीचमा आर्थिक पहुँच विस्तारमा सक्रियतापूर्वक काम गर्दै आएको बताईन् । उनले २०६९ भदौं २८ गते स्थापना भएको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्था मंसिर मसान्त सम्म देशका ३६ जिल्लाका ४ सय २३ गाउँ तथा नगरपालिकाका २ लाख ३३ हजार ९ सय १६ विपन्न परिवारमा पुग्न सफल भएको बताईन् ।

उनले देशका कुनाकाप्चामा समेत आर्थिक र्थिक पहुँच विस्तार गर्दै महिलाहरुलाई ब्यवसायिक दक्षता अभिबृद्धिका लागि समेत संस्था सकृय रहेको र आगामी वर्षहरुमा थप शाखाहरु विस्तार गर्दै लगिने जानकारी दिइन् । अध्यक्ष चौधरीले नेतृ चौधरीका अनुसार फरवार्ड लघुवित्त कारोबार गर्ने नेपालका लघुवित्त वित्तीय संस्थाहरु मध्ये सदस्य वृद्धि आकारमा तेस्रो स्थानमा छ ।

संस्थाले देशको गरिबी निवारणका लागि समेत योगदान पुर्याएको छ । संस्थाले ग्रामीण भेकमा बसोबास गर्ने, युवाहरु बेरोजगारीको चपेटामा परेका, वित्तीय अवसर नपाएकाहरुलाई विशेष प्राथमिकतामा राखेका काम गरिरहेको छ । साधारणसमा संस्थाका प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले छैठौँसाधारणसभासम्म आई पुग्दा संस्थाले गरेको उन्नती भरपर्दो र आशलाग्दो रहेकोमा खुशी व्यक्त गरे ।

२० प्रतिशत नगद र २५ प्रतिशत शेयर लाभांस वितरण

साधारणसभाका अबसरमा संस्थाले आफ्ना शेयर सदस्यलाई २० प्रतिशत नगद लाभान्स र २५ प्रतिशत शेयर लाभांस वितरण गरेको छ । संस्थालाई उक्त नगद लाभांश र शेयर बोनस वितरणका लागि नेपाल राष्ट्र बैंकले स्विकृति दिएको थियो ।

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७४ आषार मसान्तमा कायम रहेको चुक्ता पूँजी ३० करोड १ लाख ६५ हजजार ७०० को २०५ ले हुने नगद लाभांश रु ६ करोड ३३ हजार १ सय ४० (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव गरेको थियो । संस्थाले नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिम २०७४ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूजीको २५५ ले हुन आउने रकम ७ करोड ५० लाख ४१ ह्जार ४२५ बराबर बोनस शेयरलाई वितरण गरेको छ ।

साधारणसभामा अध्यक्ष भगवति चौधरीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन पारित गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०७५/७६ का लागि लेखापरिक्षकको नियूक्ति र पारिश्रमिक निर्धारण गरेको छ ।