बाजुरा– बाजुरामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको बुढीनन्दा नगरपालिका –८ नुवाकोटका ४७ वर्षीय दल बहादुर थापालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले मंगलबार सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


बालिका गाईवस्तुलाई घाँस हाल्न गोठमा गएका बेला थापाले बलात्कार गरेको बताइएको छ । पिडीत बालिकाकी आमाले उजुरी दिएपछि प्रहरीले अभियुक्त थापालाई पक्राउ गरेको हो । यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


ADVERTISEMENT

# # #