राजविराज । सप्तरीमा प्रहरीमाथि गोली प्रहार भएको छ । अज्ञात समूहले प्रहरी हवल्दार महेन्द्र सरदारमाथि गोली हानेको हो ।


ADVERTISEMENT


खडक नागरपालिका अन्तरर्गत बोधे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका उनीमाथि आज्ञात समूहले गोली होनेको हो ।


ADVERTISEMENT

# # #


उनलाई एक गोली लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए ।

घाइते प्रहरी हवल्दार सरदारलाई उपचारका लागि विराटनगरतर्फ लगिएको छ ।