काठमाडौं । खोकी लागिरहेको छ? ३८ डीग्री सेल्सियसभन्दा वढी ज्वरोको साथै घाँटी पनि दुखेका व्यक्ति भेटिए अलि टाढै रहनुस्।


ADVERTISEMENT


चिकित्सकहरुको सुझाब छ, ‘सकभर हात नमिलाउनुस्, नमस्कार मात्र गर्नुस्।’


ADVERTISEMENT

# # #


श्वासप्रश्वास प्रणालीमा भाइरसबाट लाग्ने सक्रामक रोग सिजनल एन्फ्लुएन्जा (मौसमी रुघाखोकी) का बिरामी अस्पतालमा आउने क्रम बढेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गत मंसिरदेखि २६ पुससम्म ३ सय ३४ जना बिरामीको घाँटीको ¥याल परिक्षण गर्दा एक सय ३८ जनामा एन्फ्लुएन्जा पाइएको थियो।

तीमध्ये १४६ जनामा एन्फ्लुएन्जा एएचवन, ९ जनामा एन्फ्लुएन्जा एएच र १३ जनामा एन्फ्लुएन्जा बी प्रमाणित भएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

पुसमा यो रोगबाट एकजना विरामीको मृत्युसमेत भएको महाशाखाका प्रमुख डा.विवेककुमार लालले जानकारी दिए।