काठमाडौँ– चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसीलाई काठमाडौँ ल्याउन लागिएको बुझिएको छ । ६ औँ अनसन बसिरहेका डा केसीको स्वास्थ्यमा समस्या देखिएको र इलाममा आइसीयू,सीसीयू नभएकाले काठमाडौँ ल्याउन लागिएको हो ।


ADVERTISEMENT


बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट इलाम पुगेको विशेषज्ञ चिकित्सकको टोलीले डा केसीलाई काठमाडौँ पठाउन सुझाव दिएको छ । डा केसीको उपचारमा संलग्न डा. विजेन्द्र शाहका अनुसार बिहीबार बिहानको स्वास्थ्य परीक्षणमा डा. केसीको शरीरमा सेतो रक्त कोषिका कम हुँदै गएको, पानीको मात्रा कम भई मिर्गौलाले काम गर्न छोड्ने खतरा बढेको छ ।


ADVERTISEMENT

# # #


यस्तै मुटुको चालमा अनियमितता, क्याल्सियमको मात्रा कम, शरीरमा अक्सिजनको मात्रा न्यून रहेका कारण जुनसुकै समय बेहोस हुन सक्नेलगायत समस्या देखिएको डा. शाहले बताएका छन् ।

यता काठमाडौंँ उपत्यका बाहिर इलामलगायत देशैभरि मेडिकल कलेज खोल्न पाउने वातावरण निर्माण गर्न सरकारसँग माग गर्दै डा केसीविरुद्ध अनसन बसेका युवा अभियन्ता विजय थापाको स्वास्थ्य अवस्था पनि बिग्रिँदै गएको छ । डा केसीदलाई काठमाडौँ लिए आफू पनि डा केसीसंग काठमाडौँ गएर अनसन बस्ने उनले चेतावनी दिएका छन् ।

डा केसी इलाममा अनसन थालेपछि थापाले पनि इलाम नै पुगेर अनसन सुरु गरेका थिए ।  डा केसीले चिकित्सा विधेयकलाई विषय बनाएर आमरण अनशन बसेका यो १६ औँ पटक हो भने विद्यार्थी थापाको दोस्रो पटक हो । थापा यसअघि पनि डा केसीविरुद्ध नै अनसन बसिसकेका छन् ।

डा. केसीले गत पुस २५ गतेबाट अनसन सुरु गरेका थिए । आज उनको ९ औँ दिन हो ।

सम्बन्धित समाचार : डा.केसीलाई अनशनबाटै दिए विद्यार्थीले चुनौती

१५ औं अनशनका क्रममा भएको सहमतिअनुसार संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक पारित नगरेको भन्दै केसी अनशन बसेका छन्। यता संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले उपुसमसतको प्रतिवेदनलाई संसदमा पेश गरिसकेको छ । जसमा शुक्रबारदेखि छलफल हुनेछ ।

यस्त छन् डा. केसीका मागहरु :

१. १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता कार्यन्वयन गरियोस् ।
क) सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर शिक्षा तथा स्वास्थ्य समितिबाट अविलम्ब चिकित्सा शिक्षा बिधेयक पारित गरियोस् ।

ख) गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रिवि पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस् । त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस् ।

ग) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघ बढाइयोस् । साथै पूर्वी पहाडका ताप्लेजुंग ,इलाम ,पाँचथर,तेह्रथुम लगायतका जिल्लाका नागरिकलाई उपचारका लागि इलाममा ,भोजपुर,ओखल्ढुंगा ,खोटांग,सप्तरी लगायतका जिल्ला समेटेर उदयपुरमा ,पश्चिमी पहाडका डडेल्धुरा ,बैतडी,बझांग लगायतका जिल्ला समेटेर डोटी रडडेल्धुरामा अबिलम्ब मेडिकल कलेज तथा अस्पताल खोलियोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना सुरु गर्ने व्यवस्था गरियोस् ।

२. निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्ति माथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस् ।

३. नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी माथि कारवाही गरियोस् ।