काठमाडौँ– नेपाली कांग्रेसका नेता गगन थापा र प्रधानमन्त्री केपी शर्माओलीबीच सवाल जवाफ भएको छ । शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसामू गगन थापाले डा. गोविन्द केसीसँग गरेको विगतको सहमतिबारे प्रश्न गरे ।


ADVERTISEMENT


उनले प्रधानमन्त्रीले चाहेमा सरकार र डा. केसीबीच भएको सहमति संसदीय प्रक्रियाबाट सहमतिको हुबहु पारित गराउन सक्ने भन्दै उनले प्रधानमन्त्रीले आफ्नो बचन पूरा गर्न डा केसीका माग पूरा किन नगर्ने भन्ने प्रश्न गरे । उनले भने, ‘सरकार र डा. केसीबीच भएको सहमति तोडमोड गरेर समितिले प्रतिवेदन दियो। संसदीय प्रक्रियाबाट सहमतिको हुबहु पारित किन नगर्नेरु प्रधानमन्त्रीको वचन हो प्रधानमन्त्री व्यक्ति हो। गोविन्द केसी ढाल बन्ने होइन प्रधानमन्त्रीको विश्वास ढल्ला भन्ने हो। यसलाई जोगाउने कि ढाल्ने ?’


ADVERTISEMENT

# # #


गगन थापाको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले एक जना अनशन बस्दैमा देश नै बन्धक हुने हुने भन्दै प्रतिप्रश्न गरे । ‘कुरा यहाँ एउटा व्यक्तिको मात्रै होइन, संसद र संसदीय सर्वोच्चताको पनि छ । संसदको सर्वोच्चता र विधि निर्माणमा स्वतन्त्रताप्रति म नतमस्तक छु र सम्मान गर्छु ।’ उनले भने, ‘१६ औँ पटकको अनसन जारी छ, १५औं पटकको चर्चा छ। एक जना अनसन बसेपछि देशै बन्धक हुने ? राट्रको आवश्यकता र कानुनभन्दा व्यक्तिको अनसन लोकतन्त्रमा हुन्छ ?’

यस्तै उनले डा केसीका लागि आफू संसदलाई आदेश दिन सक्ने हैसियतमा नरहेको उल्लेख गरे । उनले बहुमत छ भनेको भरमा सरकारले संसदको मर्यादा र गरिमालाई थिचोमिचो गर्न नसक्ने बताए । ‘सरकारले गरेको सम्झौताप्रति सरकार प्रतिबद्ध छ। तर, प्रधानमन्त्री संसदबाट निर्वाचित हो। संसदमा प्रमको बहुमतको छ भन्दैमा संसदको सर्वोच्चताप्रति प्रम वा सरकारले बहुमत छ भनेको भरमा यस संसदको मर्यादा र गरिमालाई थिचोमिचो गर्न सक्दैन ।’ उनले भने, ‘मेरो आग्रह छ, सरकारले गरेको सहमति संसदले कार्यान्वयन गरिदियोस् । तर, म संसदलाई आदेश दिन सक्दिनँ।’