काठमाडौैँ– डा केसीविरुद्ध अनसन बसेका युवा अभियन्ता विजय थापालाई भेट्न जाँदा डाक्टरहरुले सञ्चारकर्मीमाथि दुर्व्यवहार गरेका छन् । इलाममा डा केसीसंगै अनसन बसेका थापाको स्वास्थ्य अवस्था नाजुक भएपछि आजै उनलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।


ADVERTISEMENT


महाराजगञ्जस्थित त्रिवी शिक्षण अस्पतालमा उनलाई राखिएको छ । तर, थापालाई भेट्न गएका सञ्चारकर्मीलाई त्यहाँका डाक्टरहरुले दुर्व्यवहार गरेका छन् । डाक्टरले थापाको तस्बिरसमेत खिच्न दिएनन् । आइसीयुमा राख्ने भनेर काठमाडौँ ल्याइएपनि उनलाई इमर्जेन्सीमा राखिएको छ ।


ADVERTISEMENT

# # #


थापा काठमाडौंँ उपत्यका बाहिर इलामलगायत देशैभरि मेडिकल कलेज खोल्न पाउने वातावरण निर्माण गर्न सरकारसँग माग गर्दै डा केसीविरुद्ध अनसन बसेका छन् ।

सम्बन्धित समाचार : डा.केसीलाई अनशनबाटै दिए विद्यार्थीले चुनौती