काठमाडौं । एक अध्ययनले राती ६ घन्टाभन्दा कम निदाउनु हानिकारक हुने देखाएको छ।


ADVERTISEMENT


सातदेखि आठ घन्टा निदाउने व्यक्तिको दाँजोमा ६ घन्टाभन्दा कम सुत्नेमा मुटुसम्बन्धी रोगको खतरा बढी हुने एक अध्ययनले देखाएको हो।


ADVERTISEMENT

# # #


अध्ययन अमेरिकन कलेज अफ कार्डियोलजीमा प्रकाशित छ।

अध्ययनअनुसार राम्रो निन्द्रा नलिँदा एथिरोस्क्लेरोसिस रोगको खतरा वढ्छ। यो रोगमा शरीरको नशामा प्लाक जमेर कडा र साँधुरो हुन्छ। जसले रगतको प्रवाह कम गर्छ।

अध्यनले के कुरामा जोड दिन्छ भने मुटु रोगबाट जोगिन पर्याप्त निन्द्रा लिनुपर्छ।