काठमाडौँ– सत्तारुढ दल नेकपाका नेता योगेश भट्टराईले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आजै पारित हुने बताएका छन् । उनले संसदको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको प्रतिवेदन अनुसार  बहुमतीय प्रक्रियाद्वारा नै विधेयक पारित दाबी गरेका हुन् ।


ADVERTISEMENT


समितिका सदस्य समेत रहेका नेता भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेपनि विधेयक आजै पारित हुने ठोकुवा गरे । आजै शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयक पेश गर्ने कार्यक्रम रहेको छ । तर, कांग्रेसले संसद अवरुद्ध गरेको छ ।


ADVERTISEMENT

# # #


यता डा. गोविन्द केसीले शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको विधेयकसम्बन्धी प्रतिवेदन संशोधन गरेर आफ्नो १५ औँ अनसनको सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने भन्दै १६ औँ अनसन थालेका छन् ।