काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।


ADVERTISEMENT


कांग्रेसका पूर्वसभापतिद्वय गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पतालहरु सरकारले खारेज गर्न लागेको भन्दै कांग्रेस सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् ।


ADVERTISEMENT

# # #


बैठक सुरु हुनासाथ कांग्रेस उपसभापति विजय गच्छदारले करिब आधा घण्टा बोलेका थिए । उनले कांग्रेस नेताका नाममा खोलिएका अस्पताल खारेज गरेर प्रजातन्त्रको इतिहासमाथि प्रहार गरेको बताए । उनले यी दुई अस्पतालमाथि सरकारले आफ्नो निर्णय नसच्याएसम्म सदनको कुनैपनि कारबाही अगाडि बढ्न नसक्ने चेतावनी दिए ।

‘हाम्रा संस्थापक नेताहरु गिरिजाप्रसाद र सुशील कोइरालाको स्मृतिमा खोल्ने निर्णय गरिएको दुई अस्पताल खारेज गर्ने निर्णय गरेर यो सरकारले गम्भीर गल्ती गरेको छ’, गच्छदारले भने, ‘यो निर्णय नसँच्चिएसम्म हामी बैठक अघि बढ्न दिँदैनौँ, सरकारले यी दुई अस्पताल अघि बढाउनुपर्छ ।’

नेता गच्छदारले आफ्नो भनाई राखेलगत्तै कांग्रेस सांसदहरु उभिएर संसद अवरुद्ध गरेका सभामुख कृष्णबहादुर महराले बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

बैठक १५ मिनेका लागि स्थगित भएको छ ।