रौतहट – जमुनी ब्यारेज निर्माणका लागि पूर्वमन्त्री मोहम्मद आफताव आलम लगातार प्रयासरत रहेको छ । २५ वर्ष देखि सपना बोकेर आफनो क्षेत्रका किसानहरु बिच रातदिन वाचा गर्दै आईरहेको नहरको पानी केही दिनमा प्रत्येक कृषकको खेतमा पुग्ने छ ।


ADVERTISEMENT


बारास्थित जमुनी सिंचाइ आयोजनाको पानी ६ महिनाभित्र गण्डक नहर हुँदै रौतहटमा आउने पूर्व मन्त्री तथा रौतहट क्षेत्र नं २ को सांसद मो. अफताब आलमले बताएका छन् । आफनो विशेष पहलमा छिट्टै नै बारा र रौतहटवासीलाई सिंचाइको पानी उपलब्ध गराउने तयारी रहेको उनले बताएका छन् ।


ADVERTISEMENT

# # #


२०५१ सालदेखि नै जमुनी ब्यारेज निर्माणका लागि आफु प्रयासरत रहेको र यसबाट बारा तथा रौतहटको किसानहरूले पानी पाउने साथ खुशहालीको किरण उदाएर नै ठूलो पर्व जस्तो खेतमा रमाउने आश पलाईएको आलमले बताए ।

रौतहटको दक्षिण, पूर्वी भेगका किसानलाई समुचित रुपमा सिंचाईको व्यवस्थापन नहुँदा वर्षेनी अकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता अबको ६ महिनाभित्र समाप्त हुने भएको छ ।

जमुनी सिंचाई आयोजनाको निर्माणकार्य सम्पन्न भएपछि उक्त आयोजनाको पानी गण्डक नहरमा छोडेर बारा र रौतहटका किसानलाई खेतीपाती गर्नमा निकै मद्दत पुग्ने विश्वासलाई मध्यनगर गरी उक्त आयोजनाको निर्माण कार्य नारायणी सिंचाई व्यवस्थापन कार्यालयको निगरानीमा भइरहेको छ ।

बाराको कोतवाली स्थित जमुनी नदीमा निर्माणाधिन आयोजनाको ब्यारेजको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको र ढोकाको काम गर्न मात्रै बाँकी रहेकोकोले आगामी ६ महिनाभित्र निर्माण कार्य सम्पन्न गरी गण्डक नहरमा उक्त सिंचाई आयोजनाको पानी छोडने नारायणी सिंचाई व्यवस्थापन कार्यालयले जनाएको छ ।

सरकारले जमुनी नदीमा ब्यारेज निर्माण गरी बारा र रौतहटका किसानलाई सिंचाइ सुविधा उपलब्ध गराउनको लागि निकालेको टेण्डर २०७२ साल माघ १४ गते कुमार–आशिष–अमर जेभी कालीमाटी काठमाडौंले २२ करोड ८१ लाख भ्याट सहितको ठेक्का गरी २०७४ माघ १३ गते निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएर सम्झौंता गरेका थिए ।

आयोजनाको बाँधमा नेता आलमसहित निरीक्षणमा गएको टोली ।

सिंचाइ आयोजनाको ढोकाको डिजाइन कमजोर भएकोले निर्माण कार्य रोकिएको थियो। निर्माण कार्य सुरु हुँदा ५४ टनको ढोका लगाउने डिजाइन तयार भएको थियो। पछि नदीमा पानीको बहावको अवस्थालाई मध्यनजर राख्दै हेवी ढोका लगाउनुपर्ने आवश्यक देखिएकोले डिजाइनमा परिवर्तन गरी अहिले १४४ टनको ढोका लगाउन आवश्यक रहेकोले अबको ६ महिना मित्र ढोकाको काम सकाएर आयोजना सञ्चालनमा ल्याउने नारायणी सिंचाई व्यवस्थापन कार्यालयका इन्जिनियर सुरेश साहले बताए ।

निर्माण कम्पनीले विभिन्न कारणवस निर्धा्रित समयमा आयोजनाको कार्य सम्पन्न नगरेकोले म्याद थप गर्न आवश्यक कागजात पेश गरेको बताउँदै इन्जिनियर साहले आयोजना सञ्चालनमा आइसकेपछि रौतहटको ८३ सय हेक्टर र बाराको १२ सय हेक्टर गरी साढे ९ हजार हेक्टर खेती योग्य जमिन सिंचाई हुने दावी समेत गरे।

जमुनी नदीमा ब्यारेज निर्माण गरी गण्डक नहरमा जोडिएको छ। उक्त नहरबाट बाराको सेक्टर ११ र १२ तथा रौतहटको १३, १४ तथा १५ नम्बर सेक्टर बागमती नदीसम्म सिंचाइ सुविधा पुर्याउने लक्ष्य यस आयोजनाको छ। सिंचाइको काम सम्पन्न गरी चाडै नहरमा पानी छोड्नको लागि नेता आलमको नेतृत्वमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले जमुनी सिंचाई आयोजनाको निरीक्षण गरेका छन्।

आयोजनाको कार्य प्रगतीबारे जिज्ञासा राख्न तथा निर्माणको कार्य कतिसम्म पुग्यो सोको निरीक्षण गर्न लावा लस्कर सहित सांसद आलमको टोली पुगेपछि नारायणी सिंचाई व्यवस्थापन कार्यालय विरगंजका प्रमुख राजेन्द्रप्रसाद साह सहितका प्रविधिक टोलीले अबको ६ महिनाभित्र सिंचाइ सुविधा उपलब्ध गराउने बताए।

पहिलो चरणमा ११ देखि १३ नम्बर सेक्टरसम्म पानी पुर्याउने तथा बाँकी बागमती नदीवारीसम्म पानी पुर्याउन गण्डक नहरको ड्यामहरू अधिकांश स्थानमा विगतमा लाल बकैया नदीमा आएको बाढीको कारण भत्किएकाले सोको मर्मत तथा निर्माणका लागि डिपिआर गरी विभाग र सम्बन्धीत मन्त्रालयमा बजेट विनियोजनको लागि पठाइसकेको नारायणी सिंचाइ व्यवस्थापन कार्यालयका प्रमुख साहले सांसद आलम सहितका पदाधिकारीलाई जानकारी गराएका थिए ।