काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक पुनः अवरोध गरेको छ ।


ADVERTISEMENT


कांग्रेसका पूर्वसभापतिद्वय गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पतालहरु सरकारले खारेज गर्न लागेको भन्दै कांग्रेस सांसदहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् ।


ADVERTISEMENT

# # #


यसअघि पनि अवरोध गरेपछि सभामुख महराले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । त्यसपछि पुनः सुरु भएको बैठकमा कांग्रेसले अवरोध कायमै राखेपछि सभामुख महराले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई संसदको शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न अनुमति दिए ।

तरपनि कांग्रेसले रोस्ट्रम घेराउ नछोडेपनि सभामुख महराले बैठक पुनः १५ मिनेटका लागि स्थगित गरे । कांग्रेसले हिजो पनि यही कारण देखाउँदै बैठक अवरुद्ध गरेको थियो ।

यता नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भने जसरी भएपनि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने बताएका छन् । कांग्रेसले अवरोध गरेपनि विधेयक आजै पारित हुने अर्का नेता योगेश भट्टराईको भनाइ छ ।