काठमाडौं । गतवर्ष जिन सम्पादन गरेर एचआइभी नलाग्ने शिशुको निर्माण गरेको दाबी गर्ने चिनियाँ वैज्ञानिक हि जियानकुइको देशमै आलोचना भएको छ।


ADVERTISEMENT


चीनले सोमबार उक्त कार्य गैर कानुनी र प्रकृती विपरित भएकोभन्दै उनको आलोचना गरेको हो। मान र प्रतिष्ठाको लालचमा उनले जिन सम्पादन गरेको हुनसक्ने चीनले बताएको छ।


ADVERTISEMENT

# # #


चिनियाँ सरकारका अनुसार उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। सुरुवातमा उनको दाबी पुष्टि नभएको चीनले बताउँदै आएको थियो।

तर, सोमबार अनुसन्धानकर्ताले उनले साँच्चैने जिन सम्पादन गरेको हुनसक्ने प्रमाणहरु फेला पारेको बताएपछि यस विषयलाई चासोका साथ हेरिएको छ।

दाबी

गतवर्ष नोभेम्बर महिनामा हि जियानकुइले आफूले जिन अर्थात् अणुवंशिक गुण सम्पादन र परिमार्जन गरि एचआइभी रोग नै नलाग्ने शिशुको निर्माण गरेको दाबी गरेका थिए।

त्यसबेला संसार भरका वैज्ञानिक तथा चिकित्सकहरुले उनको आलोचना गरेका थिए। उनले ‘लुलु र नाना’ नामाकरण गरिएका जुम्ल्याहा शिशुको जन्म आमाको कोखबाट स्वस्थ्य रुपमा जन्म भएको बताएका थिए।

हि जियानले दुई शिशु भ्रुणमै हुँदा तिनको ‘सिसिआर ५ जिन’ निकालिएको बताएका थिए। उक्त भाइरस निकालिएपछि अब दुई शिशुमा कहिल्यै एचआभी संक्रमणको खतरा नहुने उनको भनाइ थियो।

यस्ता कार्यलाई विश्वका अधिकांस देशमा बन्देज लगाइएको छ। तर, ती बैज्ञानिकको तर्क भने भ्रुणमै आनुवंशिक गुण परिमार्जन गरिए शिशुलाई भविष्यमा खतरनाक रोगबाट बचाउन सकिन्छ भन्ने छ। एजेन्सी