काठमाडौँ– युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले खराब प्रर्दशन गरेको छ । टस हारेर ब्याटिङ थालेको नेपालले युएईलाई ११४ रनको सामान्य चुनौती दिएको छ ।


ADVERTISEMENT


दुबईस्थित आइसिसी एकेडेमी ओभलमा घरेलु टोली युएईविरुद्ध नेपाल ३३.५ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनमै समेटिएको छ । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन प्रहार गर्दा तीन जना ब्याट्सम्यान खाता नै खोल्न नपाई आउट भए ।


ADVERTISEMENT

# # #


नेपालका सुरुवात आज पनि राम्रो हुन सकेन । सँधैँ आलोचना खेपिरहेको नेपाली ओपनिङ ब्याटिङ आज पनि धर्मरायो । नेपालले पहिलो विकेटका रुपमा ज्ञानेन्द्र मल्ललाई गुमायो । उनी इनिङको चौथो बलमै युएईका कप्तान मोहम्मद नाभिदको बलमा विकेटकिपर गुलम सब्बिरको हातबाट खाता खोल्न नपाउँदै क्याच आउट भए । ज्ञानेन्द्रले चार बलमा कुनैपनि रन हान्न सकेनन् ।

यस्तै बिनोद भण्डारीले पनि टिमलाई चाहिएको योगदान दिन सकेनन् । एकदिवसीय खेलमा आजै डेब्यू गरेका उनले १४ बलमा मात्र १ चौकाको मदतमा मात्र ५ रन बनाए । त्यसपछि आएका सोपाल कामीले कप्तान पारस खड्कासंग मिलेर २८ रनको साझेदारी गरे । तर, कप्तान पारस ११.५ ओभरमा क्वादिर अहमेदको बलमा आउट भएपछि नेपालको अवस्था ४४/३ को अवस्थामा पुगेको थियो ।

त्यसपछि तीत रन जोड्न नपाउँदै दीपेन्द्र सिंह ऐरी फहाद नवाजबाट रन आउट हुनपुगे । छैटौँ नम्बरमा आएका आरिफ सेखले सोमपालसंग मिलेर इनिङ सम्हाल्ने प्रयास गरेका थिए । तर २०.५ ओभरमा ३० रन बनाएका सोमपाल इमरान हैदरको बलमा एलबीडब्ल्यूको शिकार भए । उनले ३ चौका प्रहार गरे । त्यसपछि नेपालको विकेल लगातार गइरह्यो । छैटौँ विकेटका रुपमा पवन सर्राफ ४ रन बनाएर आउट हुँदा सातौँ र आठौँ विकेटका रुपमा करण केसी र वसन्त रेग्मी क्रमश ३ र शून्य रनमा पेवेलियन फर्किएपछि नेपालको इनिङ २४.५ ओभरमा ८१/८ को दयनिय अवस्थामा पुग्यो ।

सन्दीपले आरिफसंग मिलेर नवौँ विकेटका लागि २५ रनको साझेदारी गरेपछि नेपालले सय रनको स्कोर पार गर्यो । तर, ३० औँ ओभरको अन्तिम बलमा आरिफ २५ रन बनाएर पेवेलियन फर्किए । यस्तै सन्दीपले २७ बलमा १५ रन बनाउँदा ललित नारायण राजवंशी २ रनमा नटआट रहे ।

नेपालको इनिङ धराशायी पार्ने क्रममा युइएका कप्तान मोहम्मद माभिद र अमिर हायातले समान ३/३ विकेट लिए । नाभिदले ७ ओभरमा ३१ रन खर्चिए भने हायातले ७.५ ओभरमा १९ रन खर्चिए । यस्तै इमरान हैदर २ र क्वादिर अहमेद ले १ किेट लिए ।