काठमाडौँ– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अधिनायकवादी शैलीमा चिकित्सा शिक्षा विधेयक पारित गरेको बताएका छन् ।


ADVERTISEMENT


संसद बैठकपछि प्रतिक्रिया दिँदै सभापति देउवाले केपी शर्मा ओली सरकारले अधिनायकवादी शैली अपनाएर विधेयक पारित गर्न खोज्दा सभामुखले पनि त्यसमा भूमिका खेलेको आरोप लगाए।


ADVERTISEMENT

# # #


समन्धित समाचार :

– ‘कांग्रेसलाई जसले जिस्कायो, त्यो सक्किएको छ, ईतिहास फेरी दोहोरिन्छ’ : गगन थापा

– योगेश भन्छन् : ‘गोविन्द केसीको जित भयो, उत्सव मनाउन अब अनसन तोड्नुहोस्’

– काँग्रेसको नाराबाजीकै बीच सत्तापक्षले बहुचर्चित चिकित्सा बिधेयक पास गर्यो

– पत्रकार सम्मेलन गरेर डा. केसीले भने, ‘नैतिकताबाट च्यूत भएका प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ’

‘वेल घेराउ हुँदाहुँदै अधिनायकवादी शैलीमा विधेयक पारित भयो, सभामुखले पदको गरिमा नै राख्न सक्नुभएन, मलाई दुःख लागेको छ,’ देउवाले भने।

उनले सरकारको रवैयाविरुद्ध अब सदन र सडकबाट आन्दोलन गर्ने चेतावनी दिए

यसअघि कांग्रेसको अवरोधबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले रोष्ट्रममा पुगेर विधेयक पेश गरेका थिए।  उक्त प्रस्तावमा कुनै छलफल नै नगरी विधेयक पारित भएको हो।