काठमाडौँ– संसदमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि १७ दिनदेखि अनसनरत डा गोविन्द केसीले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् ।


ADVERTISEMENT


महाराजगञ्जस्थित त्रिवी शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै डा केसीले प्रधानमन्त्री नैतिकताबाट च्यूत भएको भन्दै राजीनामा माग गरेका हुन् । उनले भने, ‘आफ्नै निर्णयबाट विचलित भएकाले उहाँले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ ।’


ADVERTISEMENT

# # #


आफ्नो सम्झौताविपरीतका प्रावधान घुसाएर विधेयक ल्याइएको भन्दै उनले जनतामाथि नै धोका भएको आरोप लगाए ।

समन्धित समाचार :
काँग्रेसको नाराबाजीकै बीच सत्तापक्षले बहुचर्चित चिकित्सा विधेयक पास गर्यो

अधिनायकवादी शैलीमा विधेयक पारित भयो, सडक र सदनबाट आन्दोलन गर्छौँ : देउवा

‘कांग्रेसलाई जसले जिस्कायो, त्यो सक्किएको छ, ईतिहास फेरी दोहोरिन्छ’ : गगन थापा

योगेश भन्छन् : ‘गोविन्द केसीको जित भयो, उत्सव मनाउन अब अनसन तोड्नुहोस्’

सरकार आफैंले गठन गरेको आयोगले दिएको सिफारिस र १५ औं सत्याग्रहपछि भएको सम्झौता तोडेर सरकारले विधेयक पास गराएको विज्ञप्तिमा उल्लेख छ। साथै चिकित्सक सेवाबाहेकका अन्य ६ वटा माग पूरा गर्न ध्यानाकर्षण गराउने पनि लेखिएको छ।