पोखरा– युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुदको राजधानी बनाउने गरी बजेट विनियोजन गरिएको बताएका छन् ।


ADVERTISEMENT


नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिव दाहालले खेलकुदका पूर्वाधार निर्माणमा पोखरा रङ्गशाला मन्त्रालयको प्राथमिकता परेको जानकारी दिए ।


ADVERTISEMENT

# # #


सन् २०१९ मा हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिताका पाँचदेखि छ खेल पोखरामा गरिन लागेको र खेलकुद सुरु गर्नुभन्दा अघि नै त्यसका लागि सुरु गरिएका पूर्वाधार सम्पन्न गरिने विचार व्यक्त गर्दै सचिव दाहालले समग्र खेलकुदको लागि राज्यबाट वार्षिक रु दुई अर्ब २४ करोड मात्रै छुट्टाइनु ज्यादै न्यून भएको जिकिर गरे ।

उनले पोखरा रङ्गशालाको पूर्वाधार विकासका लागि मन्त्रालयले रु तीन करोड ५० लाख छुट्टाएको बताए । क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरा रङ्गशालाको हातामा मिडिया सेन्टर निर्माणका लागि रु २० लाख विनियोजन भएको जानकारी गराए ।

मञ्चका जिल्ला अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको सो कार्यक्रममा सचिव रञ्जन अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।