काठमाडौं । प्रहरीको कुटाईबाट बाग्लुङ गलकोट– ६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन्।
उनको आन्द्रामा ५२ टाँका लगाउनु परेको छ भने पिसाव थैलीसमेत फुटेको छ। उनको प्यांक्रियाज (फियो) बिग्रिएको छ।
गलकोटका प्रहरी हबल्दार प्रेम थापा र बुद्ध विष्टले बस्नेतमाथि निर्घात कुटपिट गरेका हुन्।
स्थानीय सडक निर्माणका विषयमा आयोजित बैठकमा सहभागी भएर घर फर्किने क्रममा २९ पुसको राती ९ बजे बस्नेतमाथि निर्घात कुटपिट भएको हो।
बस्नेतमाथि कुटपिट गर्ने थापा र विष्टलाई निलम्बन गरिएको बागलुङका एसपी दीपक रेग्मीले जानकारी दिए। बस्नेतको पोखरामा उपचार भइरहेको छ।
सामान्य विवादमै प्रहरीले बस्नेतमाथि कुटपिट गरेको हो।