काठमाडौं । इटाली लैजाने भनी ५ नेपाली युवालाई लिबियामा बन्धक अवस्थामा अलपत्र पार्ने गिरोहका मुख्य एजेन्ट जितकाजी गुरुङलाई प्रहरीले शनिबार पोखरामा पक्राउ गरेको छ ।


ADVERTISEMENT


रन्जित केसी(पर्वत), दिरास थापा(म्याग्दी) अमन लोजा(म्याग्दी)ओम गुरुङ र सुरेश केसी लिबियामा समातिएर एक महिनायता बन्धक अवस्थामा रहेको पीडितका परिवारले बताएका छन् ।


ADVERTISEMENT

# # #


उनीहरुको उजुरीअनुसार गुरुङले जनही १५ लाख रुपैंयाँ लिएका थिए ।