काठमाडौं । चिकित्सा शिक्षा विधेयक डा. केसीसँग सरकारले गरेको सम्झौता विपरीत भएको भन्‍दै नागरिक अगुवाहरुले राष्ट्रिय सभाबाट सुधार गर्न माग गरेका छन्। आइतबार केदारभक्त माथेमा, सुशीला कार्की, महावीर पुन, अभि सुवेदी, भोजराज पोखरेललगायत नागरिक अगुवाहरुले विज्ञप्ति जारी गरेर यस्तो माग गरेका हुन्।


ADVERTISEMENT


जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नागरिक अभियन्ता डा. गोविन्द केसी सत्याग्रहमा रहेकै बेला प्रतिनिधि सभाको बैठकबाट चिकित्सा शिक्षा विधेयक पारित भएको तथा त्यसक्रममा यस अघि नेपाल सरकारले डा केसीसँग गरेको सम्झौता उल्लंघन भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। त्यसो गरिँदा राज्यको विश्वसनीयतामाथि नै प्रश्न उठेको छ।’


ADVERTISEMENT

# # #


अगुवाहरुले अबको राष्ट्रिय सभा बैठकमा उक्त विधेयक पेश हुँदा डा केसीसँग राज्यले गरेको उल्लिखित सम्झौताबमोजिम सुधार गरेर पारित गर्ने व्यवस्था गर्न समेत सरकारलाई आग्रह गरेका छन्।

विज्ञप्तिमा नागरिक अगुवाहरुले भनेका छन्, ‘त्यसैले अबको राष्ट्रिय सभा बैठकमा उक्त विधेयक पेश हुँदा डा. केसीसँग राज्यले गरेको उल्लिखित सम्झौताबमोजिम सुधार गरेर पारित गर्ने व्यवस्था गरियोस् भनी सम्बन्धित सबै पक्षहरुलाई अपिल गर्दर्छौं।’ त्यसरी विज्ञप्ति जारी गर्नेहरुमा केदारभक्त माथेमा, सुशीला कार्की, महावीर पुन, अभि सुवेदी, भोजराज पोखरेल, स्वर्णिम वाग्ले, क्या. विजय लामा, कृष्ण धरावासी, जयराज आचार्य, दुर्गा सुवेदी, कपिल श्रेष्ठ, मनप्रसाद वाग्ले, भैरव रिसाल, डा. रामेश कोइराला, वीरेन्द्रकुमार मिश्र, रवीन्द्रसिंह बानियाँ, यादव खरेल, गोविन्दराज पोखरेल, प्रत्युष वन्त, शेखर खरेल, रामकुमार भण्डारी, फडिन्द्र लुइँटेल, दिनेश प्रसाइँ, सावित्री श्रेष्ठ, गीता रसाइली, देवी सुनुवार र गोपाल साह छन्।