काठमाडौं । अमेरिकाले आफ्ना राजनीतिक नेताहरुमाथि आँच आउने गतिविधि गरेमा भेनेजुएलाले कडा मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।


ADVERTISEMENT


अमेरिकी सुरक्षा सल्लाहकार जोन बोल्टनले भेनेजुएलाका विपक्षी नेता खुआन गोइदो र अमेरिकी राजनीतिक नेताहरुमाथि आँच आउने कुनै काम गरेमा भेनेजुएलाले नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएक हुन् ।


ADVERTISEMENT

# # #


अमेरिकालगायत २० भन्दा बढी मुलुकले भेनेजुएलाका विपक्षी नेता खुआन गाइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका छन् ।

भेनेजुएलामा गत वर्ष भएको राष्ट्रपतीय चुनावमा राष्ट्रपति निकोलस मादुरोले धाँधली गरेको आरोप विपक्षी नेता गाइदोले लगाउँदै आएका थिए ।

उनले पुनः चुनाव गराउन अपील गर्दै आएका थिए । त्यस यता भेनेजुएलामा आन्दोलन चर्किँदै आएको छ ।

यसैबीच केही युरोपेली मुलुकले भेनेजुएलामा तत्काल निर्वाचन घोषणा गर्न माग गरेका छन् । स्पेन, जर्मनी, फ्रान्स र बेलायतले आठ दिनभित्र चुनावको मिति घोषणा गर्न माग गरेका हुन् ।

उनीहरुले आठ दिनभित्र निर्वाचन घोषणा नगरे गोइतोलाई नै राष्ट्रपतिको मान्यता दिने चेतावनी दिएका छन् ।

तर, राष्ट्रपति मादुरोले यसलाई अस्वीकार गर्दै युरोपेली देशले दिएको अल्टिमेटम फिर्ता लिनुपर्ने बताएका छन् ।

उनले भेनेजुएला युरोपको बन्धक नभएको र यो प्रस्ताव एकतर्फीरुपमा ल्याइएको आरोप लगाएका छन् ।

आफ्ना विरोधीहरुसँग वार्ता गर्न आफू तयार रहेको समेत उनले बताएका छन् । (एजेन्सी)