काठमाडौं । संघीय सरकारले पुसमा तीन अर्ब ६३ करोड रुपैयाँ स्थानीय तहलाई हस्तान्तरण गरेको छ । यो रकम राजस्व बाँडफाँट शीर्षकअन्तर्गत कर र आन्तरिक अन्तः शूल्कबाट तल्लो तहलाई रकम दिएको छ ।


ADVERTISEMENT


संघीय सरकारले साउन र भदौमा संकलन गरेको ती दुई शीर्षकको राजस्व संवैधानिक व्यवस्थाबमोजिम प्रदेश र स्थानीय तहको सञ्चित कोषमा हस्तान्तरण गरिएको सहमहालेखा नियन्त्रक जगन्नाथ देवकोटाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


देवकोटाका अनुसार चालु वर्षको पहिलो दुई महिनाको राजस्वबाट तल्लो तहलाई तीन अर्ब ६३ करोड रुपैयाँ हस्सतान्तरण भएको छ ।