काठमाडौं । श्रममन्त्री गोकर्ण बिष्टले महिनाको ४० हजार रुपैयाँ पारिश्रमिक दिदापनि व्यवसायीले श्रमिक नपाएको आफुसँग गुनासो गरेको बताएका छन् ।
ईट्टाभट्टा व्यवसायीले श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट समक्ष गुनासो बिष्टले सुनाए ।


ADVERTISEMENT


उनले भने , ‘ईट्टाभट्टा व्यवसायीले प्रतिमहिना ४० हजारका दरले डेढलाख व्यक्तिलाई रोजगारी दिन्छौं भन्दा श्रमिक नपाएर विदेशबाट ल्याउन परेको छ ।’


ADVERTISEMENT

# # #


उनले अघि भने मन्त्रालयमा आएर गुनासो गर्नेमा ईट्टाभट्टा व्यवसायीमात्र नभएर जलविद्युत् आयोजना र हस्तकलाका व्यवसायी समेत भएको बताए ।

मूलूकमा जनशक्ति अभाव भएको समयमा जोखिम मानिने वैदेशिक रोजगारीमा नेपाली यूवाहरु विदेश पलायन भएको अवस्थामा यसको उचित व्यवस्थापन गर्नु अहिलेको आवश्यकता रहेको मन्त्री विष्टले बताए ।

श्रम तथा रोजगार मन्त्रालय अन्र्तगत सुरु भएको सामाजिक सूरक्षा कोषमा सूचीकरण भएका रोजगारदाताहरुलाई मन्त्री विष्टले सोमबार प्रमाण पत्र प्रदान गरेका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा हालसम्म २७२ वटा संघसंस्था सूचीकरण भएको भन्दै उनीहरुलाई प्रमाण पत्र वितरण गरिएको हो । कार्यक्रममा प्रमाणपत्र लिनेमा काठमाडौं उपत्यका तथा विशेषगरी प्रदेश नं ३ का रोजगारादाताहरुको संख्या धेरै थिए ।

कोषमा हालसम्म ७३४ वटा संस्था समिश्रणमा, ६२५ वटा संस्था दर्ता भएका छन् भने २७२ वटाले प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रमाणपत्र लिनेमा प्रायगरी सुरक्षा दिने कम्पनी, रक्सी वितरण गर्नेे कम्पनी तथा विभिन्न ठूला उधोग देखि कलेजसमेत रहेका छन् ।

यस्तै कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले माघ १५ देखि सूदूरपश्चिममा दर्ता प्रक्रिया सुरु हुने बताएका छन् ।

मंसिर ७ गते देखि सञ्चालनमा आएको कोषको उद्घाटन मंसिर ११ गते प्रधानमन्त्री केपी शर्मा ओली गरेका थिए ।